१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पूर्व वडाध्यक्ष बेल्वासेले भए सामुदायिक वनको अध्यक्ष



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा पूर्व वडाध्यक्ष एक सामुदायिक वनको अध्यक्ष भएका छन् । बाणगंगा नगरपालिका वडा नं. ९ का पूर्व वडाध्यक्ष ध्रुव बेल्वासे कोटिहवा सामुदायिक वनको अध्यक्ष भएका हुन् ।

शुक्रबार भएको सामुदायिक वनको चौथो अधिवेशन तथा ११ औं बार्षिक साधारणसभाबाट बेल्वासे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

वनको उपाध्यक्षमा गंगा सिलवाल, सचिवमा प्रेम बेल्वासे र कोषाध्यक्षमा लक्ष्मी परियार चयन भएकी छिन् । वनमा ११ सदस्यिय कार्यसमिति चयन भएको छ ।

कोटिहवा सामुदायिक वनका आन्तरिक विवाद चुलिदा समयमा अधिवेशन र साधारण सभा हुन सकेको थिएन् । पूर्व अध्यक्ष फर्श बहादुर बस्नेतको समितिमाथि वनमा हिनामिना गरेको आरोप लागेको थियो । स्रोतका अनुसार तत्कालिन कार्यसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले हिनामिना गरेको रकम तिर्नुपरेको थियो ।

वनको आर्थिक स्रोत बढ्दा आर्थिक अनियमितताका विभिन्न आरोप लाग्दै आएको छ । भलवाडमा रहेको यो वनमा आर्थिक स्रोत राम्रो छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ६ : ३६ बजे