१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रपति रनिङशिल्डमा हेमराज माविको सधैं बर्चश्व



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा हेमराज माविको एकछत्र राज चल्दै आएको छ ।

संघीयता कार्यान्वयनसंगै नगरपालिकाले सन्चालन गर्दै आएको नगरस्तरीय रनिङ शिल्डमा हेमराजको अनवरण एकछत्र राज चल्दै आएको हो ।

हेमराज माविले नगरस्तरीय लगातार पाँचौ पटक शिल्डको उपाधि जित्न सफल भएको छ ।

बाणगंगाले सन्चालन गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डले यो पटक पनि हेमराज माविले एतिहास कायम राखेको छ ।

पिपराको जनता नमूना माविको खेल मैदानमा सन्चालन भएको प्रतियोगीतामा हेमराज माविले १४ स्वर्ण, ९ कास्य पदक जित्दै प्रथम भएको छ ।

३३ मावि विद्यालय मध्ये २७ विद्यालयको सहभागीता रहेको प्रतियोगीतामा बाणगंगा मावि गजेहडा ७ स्वर्ण, ६ कास्य र ५ रजत पदक जित्दै दोस्रो भएको छ ।

जनता मावि पिपराले ३ स्वर्ण, ५ कास्य र ६ रजत पदक जितेको तेस्रो हुन सफल भएको बाणगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।

नीजि विद्यालय तर्फ हिलवर्ट बोर्डिङ स्कूल ३ स्वर्ण, २ कास्य र ३ रजत पदक जितेर सान्त्वना स्थानमा आएको छ ।

प्रतियोगीतामा भलिवल, कपर्दी, हाइजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटफुर्ट, ज्याभलिङ थ्रो, कराते खेल भएका थिए । साथै एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मिटरको दौड भएको थियो भने रिले दौड पनि सन्चालन गरिएको थियो ।

उपाधि जित्ने हथौसाले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-विजेतामा समिति बाणगंगाले नगद रु.२५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ७ : ५६ बजे