११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

शिवराजमा सामी परियोजनाद्धारा अन्तरक्रिया



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षिय सम्झौता अनुसार शिवराज नगरपालिकामा सामी परियोजनाले यो कार्यक्रम लागू गरेको छ ।

नगरपालिका भित्र रहेका वैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनीहरुका परिवारलाई सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका बारेमा जानकारी दिइदै आइएको सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता चन्द्रा पोखरेल बताइन् ।

कार्यक्रममा बोल्दै उप-मेयर शिव कुमारी थारुले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सिपको आधारमा पालिकाले रोजगारीको अवसर दिने बताइन् ।

शिवराजमा सामी परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई घर दैलोमा भेटघाट र मनौमासिक परामर्श दिदै आएको समेत उनले बताइन् ।

सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धी छलफलको सहजीकरण हेल्भेटासका कार्यक्रम संयोजक जियाउल हकले गरेका थिए ।

सामी परियोजना जिल्लाका बाणगंगा, कपिलवस्तु नगरपालिका र मायादेवी गाँउपालिकामा सन्चालनमा रहेको जिल्लाका कार्यक्रम संयोजक सुभास रेग्मीले बताए । यो परियोजना देशका ३९ जिल्लाको १५६ वटा स्थानीय तहहरुमा संचालनमा रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ४ : ५५ बजे