१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

विराटले तोडे सचिनको रेकर्ड



नयाँ दिल्ली ।
भारतीय क्रिकेटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाएर रेकर्ड कायम गर्न सफल भएका छन् । अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा भएको दोस्रो टेस्टको तेस्रो दिन बिराटले यो उपलब्धि हासिल गरेका हुन् ।

आइतबार भएको खेलवाट बिराटले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गर्न सफल भए पछि फ्यानहरुले ताली बजाएर हर्षोल्लास गरेका थिए । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाउएका भारत कै सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

बिराटले सचिनको भन्दा २८ खेल अगाडी नै यो किर्तिमान कायम गरेका हुन् । यो सूचीमा अष्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् भने उनले ५८८ खेलमा यो २५ हजार रन पुरा गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ७ : ५३ बजे