१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आईपीएल क्रिकेटमा राजस्थानले दिल्लीलाई ५७ रनले हरायो



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ ।

गुवाहिटीमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।

दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ७९, यशस्वी जैसवालले ६० र सिम्रन हेटमायरले ३९ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए।

राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९ आइतबार ००:००  ७ : ०१ बजे