१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आईपीएल क्रिकेटः हैदराबादद्धारा पञ्जाब आठ विकेटले पराजित



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर बलिङ रोजेको घरेलु टोली हैदराबादले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

आईपीएल क्रिकेट अन्तर्गत हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियो । निकै रोमाञ्चक खेलमा कोलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।

अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा कोलकाताका रिङ्कु सिंहले लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।

प्रकाशित मिति : २७ चैत्र २०७९ सोमबार ००:००  ७ : ३७ बजे