८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आइसिसीले लेख्योः एसिया कपमा नेपालको भेट भारत र पाकिस्तानसँग पक्का



काठमाडौं ।
आइसिसीले वर्षा र स्पीन बलिङले प्रभाव पारेको खेलमा नेपालले एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएको जनाएको छ । नेपालले ऐतिहासिक फड्को मार्दै युएईलाई ७ विकेटले पराजित गरेपछि आईसीसीले अब नेपालको भेट एसियाकपमा भारत र पाकिस्तानसँग पक्का भएको उल्लेख गरेको हो ।

वर्षाले प्रभावित पारेपछिको ओसिलो पिचमा स्पीनरसँगको संघर्ष बाबजुद नेपालले जीतसम्म पुगेको आईसीसीले जनाएको छ । प्रशिक्षक मोन्टी देसाईले गुल्सन झालाई ३ नम्बरमा झारेर गरेको प्रयोग सफल सावित भएको आइसीसीले लेखेको छ ।

युएईको स्पीन बलिङले ११८ रनको लक्ष्यलाई चुनौतीपूर्ण बनाएको भए पनि वर्षाको खतराबीच गुल्झन झा र भीम सार्कीले खेललाई जितसम्म पुर्‍याएका हुन् ।

१७ वर्षीय झाले नटआउट ६७ र भीम सार्कीले ३६ रन बनाएपछि नेपाल ३०।३ ओभरमा ७ विकेटले विजयी भएको हो । यी दुईले ९६ रनको पार्टनरसीप गरेपछि नेपाल जीतसम्म पुगेको हो ।

अब सेप्टेम्बरमा हुने एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’मा परेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८० मंगलबार ००:००  २ : ४२ बजे