१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हाई स्कोरिङ खेलमा हैदराबादसँग हार्‍यो राजस्थान



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार राति खेलिएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । हैदराबादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित ग¥यो ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको राजस्थानले निर्धारित ओभरमा २ विकेट गुमाएर २ सय १४ रनको विशाल योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १७ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

जयपुरमा भएको उक्त खेलमा दुबै टोलीले गरेर कुल ४ सय ३१ रन बनाएका थिए । हैदराबादको जितमा ओपनर ब्याट्सम्यान अभिषेक शर्माले अर्धशतकीय पाली खेले । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३४ बलको सामना गरी २ छक्का र ५ चौकाको मद्दतले ५५ रन बनाए ।

अभिषेक र अनमोलप्रित सिंहले ओपनिङ विकेटका लागि ५१ रनको साझेदारी गरे । अनमोल भने ३३ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी १ छक्का र ४ चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका राहुल त्रिपाठीले पनि टोलीको खातमा ४७ रन थपे ।

राहुलले केवल २९ बलको सामना गरी ३ छक्का र २ चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेनले पनि १२ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन बटुले । ग्लेन फिलिप्स पनि आक्रामक रुपमा प्रस्तुत भए । उनले केवल ७ बलको सामना गरी ३ छक्का र १ चौकाको मद्दतले २५ रन जोडे । उनी म्यान अफ दि म्याच घोषित भए ।

अब्दुल समादले अविजित १७ रन बनाए । राजस्थानका बलर युजवेन्द्र चाहलले ४ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ रोजेको राजस्थानका लागि ओपनर जस बट्लरले ९५ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बट्लरले ५९ बलको सामना गरी ४ छक्का र १० चौका पनि हिर्काएका थिए ।

बट्लर र यशस्वी जैसवालले ओपनिङ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । यशस्वीले टोलीको खातामा ३५ रन थपे । कप्तान सन्जु सामसनले पनि टोलीका लागि अविजित ६६ रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान सामसनले केवल ३८ बलमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए ।

हैदराबादका बलर भुवनेश्वर कुमार र मार्को जान्सेनले १÷१ विकेट लिए । ११ खेल खेलेको राजस्थान १० अंकसहित तालिकाको चौथो स्थानमा छ । हैदराबाद भने १० खेलबाट ८ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ७ : ५८ बजे