१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आईपीएल क्रिकेटमा कोलकातासंग चेन्नई पराजित



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी छँदै भेट्टायो ।

कोलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले । रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए । चेन्नईका दीपक चहरले तीन विकेट लिए । यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए ।

यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे । कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुईरदुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एकरएक विकेट लिए । विजयी कोलकोता १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ भने १३ खेलमा १५ अङ्क जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ।

यसअघि हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ७ : २३ बजे