१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई



काठमाडौं ।
बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११ औँ पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो ।

बायर्न सन् २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । बायर्नको यो ३२औँ बुन्डेसलिगा उपाधि पनि हो । खेलको आठौँ मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा कोल्नका डेजानले गोल गरेपछि १–१ गोलको बराबरी भएको थियो ।

खेलको ८९औँ मिनेटमा जमल मुसिआलाले गोल थपे । जितसँगै बायर्नले ३४ खेलमा ७१ अङ्क जोडेर च्याम्पियन बन्यो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको पनि ७१ अङ्क नै छ । तर, गोल अन्तरले बायर्न च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  ९ : ०४ बजे