१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युरोपेली लिगका लागि सावित्रा इजरायल प्रस्थान



काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी युरोपेली लिगका लागि इजरायल प्रस्थान गरेकी छन् । इजरायली लिगका लागि सावित्रा मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सावित्राले इजरायली शीर्ष डिभिजन लिग खेल्ने होपाइल रानाना महिला फुटबल क्लबसँग सम्झौता गरेकी छन् । उनले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् ।

भौगोलिक रुपमा एसियामा रहे पनि इजरायलले युरोपेली फुटबल महासंघ ९यूईएफए०को सदस्यता लिएको छ । यसैकारण सावित्रा युरोपेली लिगको अनुभव लिने राष्ट्रिय टिमकी पहिलो सदस्य बन्दै छिन् ।

इजरायल जाने सावित्रालाई युवा तथा खेलकुद मन्त्रालयले असार २५ गते मन्त्रालयमा एक कार्यक्रममार्फत बिदाइ गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  ४ : ५५ बजे