१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीको मालिकामा एक व्यक्ति मृत भेटिए



गुल्मी ।
गुल्मीमा एक व्यति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर फर्किएका थिए ।

उनी घर नआइपुगेपछि खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङ बाट पासे जाने पासेखोला स्थित कच्चि मोटर बाटो बाट करिब ३ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ८ : ०८ बजे