१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यसरी बित्यो गण्डकी सरकारका सय दिन



कास्की ।
गण्डकी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर सय दिनमा गरेको काम ४६ बुँदामा सार्वजनिक गर्नुभएको हो।

सय दिने उपलब्धिमा नीति तथा कार्यक्रम र बजेट पारितलाई पनि राखिएको छ । यस्तै, सङ्क्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना, २२ वटा डायलासिस मेसिन खरिदलगायतका काम प्रदेश सरकारका मुख्य उपलब्धि रहेका छन् ।

पोखरामा मुख्यमन्त्रीहरुको भेला र राष्ट्रिय समन्वय परिषद्को बैठक सम्पन्न गरेको पनि प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि ३३ लाख रुपैयाँको औषधि खरिद गरी जिल्लाजिल्लामा पठाएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको बताउनुभयो । गण्डकी प्रदेशमा यसअघि एमालेका खगराज अधिकारी मुख्यमन्त्री बने पनि केन्द्रको सत्ता समीकण फेरिँदा सरकार ढलेपछि पाण्डे मुख्यमन्त्री बन्नुभएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८० शनिबार ००:००  ९ : २० बजे