१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीका पत्रकार अञ्जानको निधन



गुल्मी ।
गुल्मीका पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ ।

रुरु क्षेत्र गाउँपालिका-१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार बेलुकी उपचारको क्रममा निधन भएको हो ।

केही दिनयता बिरामी परेका ज्ञवाली उपचारको लागि बुटवल गएका थिए । बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौं जाने सल्लाह भए पनि बुटवलमा उपचारको क्रममा निधन भएको रुरुका स्थानीय प्रेम भण्डारीले बताए ।

गुल्मीबाट पत्रकारिता सुरु गरेका ज्ञवाली धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेका थिए । उनी पुनः गुल्मी फर्केर केही वर्षयता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए ।

उनी रुरुस्थित घरमा एक्लै बस्दै आएका थिए । उनको परिवार भने पोखरामा छ ।

प्रकाशित मिति : २० श्रावण २०८० शनिबार ००:००  ९ : २३ बजे