१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त



काठमाडौँ ।
विभिन्न अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद एवम् माओवादीका केन्द्रीय सदस्य ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

लामामाथि यसअघि वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोग लागेको थियो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

लामालाई २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त गरिएको थियो । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि लामाले १० दिनमै मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

२०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । लामालाई २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ७ : ४१ बजे