२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

पाणिनि गाउँपालिकाकी पूर्वउपाध्यक्ष गौतम फर्किइन् एमालेमा



सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी उनी पछि नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । जिल्ला अध्यक्ष पिताम्बर भुसाललाई पार्टी प्रवेशसम्बन्धि पत्र लेखेपछि केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरुले उनलाई पार्टीका स्वागत गरेको जिल्ला कमिटी सदस्य प्रदीप नेपालीले जानकारी दिए ।

जिल्लामा एमालेबाहेकका सबै दलको गठबन्धन हुँदा पनि स्थानीय तह, प्रदेश तथा संभीय तहमा एमालेले सबैलाई पराजित गरेकाले पनि केही कारणले बाहिर रहेका नेता कार्यकर्ताहरु क्रमशः आउनेक्रम रहेको नेता आचार्यले बताएका छन् ।

एमाले प्रवेश गरेकी पाणिनि ३ की नेतृ गौतमले गलती महसुस गर्दै आफैंले मेहनत गरेर बनाएको पार्टीमा समाहित भएको जनाएकी छन् ।

गौतम कांग्रेस अर्घाखाँचीको प्रवक्ता थिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ६ : १६ बजे