२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रोल्पाबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना, १५ जना घाइते



दाङ ।
रोल्पाबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो रोल्पाको बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका-७ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम सारू मगरले जानकारी दिए । उनका अनुसार घाइतेहरूको स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको छ ।

बस सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको डीएसपी मगरले बताए । पानी परेर बाटो चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  २ : ४६ बजे