२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

झबिलाल पोख्रेल भन्छन्ः भ्रष्ट्राचार विरुद्ध कलम चलाउनुस्



कपिलवस्तु ।

सुशासन र विकास निमार्णका कामहरुलाई प्राथमिकताका साथ जनसमक्ष पस्किन सञ्चारकर्मीहरुलाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य झविलाल पोख्रेलले अनुरोध गर्नुभएको छ ।

पूर्व जिल्ला अध्यक्ष समेत रहनु भएका नेता पोख्रेलले संघीय ब्यबस्थामा अनिमियतता र भ्रष्ट्राचार मौलाएको भन्दै भ्रष्ट्राचार विरुद्ध पत्रकारले कलम चलाउनु पर्ने प्रष्ट्याउनु भयो । प्रचार तथा प्रकाशन विभागको बुधवार बनगाईमा भएको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

उहाले गाउँठाउँमा भैरहेका विकास निमार्णका काम गुणस्तर भए नभएको निगरानी राखी पत्रकारले कमल चलाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले पाटीले गरेका राम्रा कामहरु जनसमक्ष पस्किन पत्रकारलाई आग्रह गर्नुभयो ।

विभागले आउदो मङ्सिर सम्मको कार्ययोजना निर्माण गरी जिम्मेवारी समेत प्रदान गरिएको प्रमुख बेल्बासेले बताउनुभयो । राष्ट्रको हित र समृद्धिको लागि जिम्मेवार भएर पत्रकारले निरन्तर कलम चलाउनु पर्ने अवस्था आएकाले प्रमुख बेल्बासेले त्यस तर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।

विभागका उप-प्रमुख पार्वती पाण्डेले पत्रकारहरुले आफुलाई अब्बल साबित गर्दै कुशल पत्रकारको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनुभयो । विभागले पत्रकारहरुको क्षमता अभिबृद्धि, संगठन निमार्ण, जनप्रतिनिधिहरुसँग अन्तरसंवाद लगायतका काम गर्ने उप-प्रमुख पाण्डेले बताउनुभयो ।

उक्त कार्यक्रम विभागका सचिव निशा विश्वकर्माको सञ्चालनमा भएको थियो । बैठकमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण प्रक्रिया नियम संगत नभएकाले प्रेस चौतारीको आपत्ति रहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८० बुधबार ००:००  ९ : २० बजे