११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

पालिकाका केही जनप्रतिनिधिको हैकम नमान्दा प्रहरीलाई लाञ्‍छना, मायादेवी आलोचित



मायादेवी अनलाइन, पकडी ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्षको हैकम नमान्दा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षकमाथि जनप्रतिनिधिहरुले नै विभिन्न लाञ्‍छना लगाउन थालेका छन् । 

गाउँपालिकाका अध्यक्ष बलिउद्धिन मुसलमान सहित वडाध्यक्षहरुको टोली गत आइतबार साझ पर्साबाट फर्कदै गर्दा पकडी चौकी अगाडी चेकिङ्गको नाममा १ वर्षिय बालक सहितका महिलाहरुलाई समेत पानी परेको बेला निर्थुक्क भिजेर आएका स्थानीयलाई दुर्व्यवहार गर्दै दुःख दिएको भन्दै त्यहाँ कार्यरत प्रहरी निरीक्षक शिव क्षेत्री लगाएतका सुरक्षा संयन्त्रको घोर भर्त्सना गर्दै साउन २९ गते सोमबार कार्यपालिकाकै निर्णय भन्दै पालिकाभित्र रहेका प्रहरी चौकीको घरभाडा अन्य सेवा सुविधा रोक्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ । 

यस विषयमा प्रहरी निरीक्षक शिव क्षेत्रीले आइतबार साँझपख नियमित चेकजाँच रहेकै अवस्थामा कागजात नभएका ट्राफिक नियम उलङ्‍घन गरेका केही मोटरसाईकल रोकेको र उनीहरुले नियमन गर्न खोज्दा जनप्रतिनिधिहरुलाई फोन गरेर बोलाएको अवस्थामा उनीहरुले आफ्ना व्यक्ति भएको भन्दै निःसर्त छाड्न भनेपछि आफूहरुले अन्य समेत रहेको र चेकजाँच गरेर पठाउने जनाएपछि उनीहरु जनप्रतिनिधिहरुलाई अटेर गरेको भन्दै प्रहरीप्रति आक्रोशित भएको बताएका छन् । उनले प्रहरीलाई लाञ्‍छना लगाए जस्तै पानी समेत नपरेको र महिला वालवालिका समेत नभएको जनाएका छन् । 

यता सोहि ठाउँका स्थानीय दिनेश यादवले जनप्रतिनिधिहरु आफ्ना मान्छे जोगाउन आएको र प्रहरीले जरिवाना लिन खोज्दा वडा नं ३ का वडाध्यक्ष शैलेन्द्र यादवले हस्तक्षेप गरेको बताए । प्रहरीलाई गाली गलौज गर्दै घरभाडा आफुहरुले दिने प्रहरीले नमान्ने भन्दै सवै सुविधा रोक्ने चेतावनी दिदै हिडेको बताए ।  सुरक्षा संयन्त्र नै जोडेर आएको उक्त निणर्यको यतिवेला सर्वत्र आलोचना भएको छ । 

 इलाका प्रहरी कार्यालय पकडीको भवन निर्माण भैरहेको अवस्थामा ठाडो उजुरीका लागि प्रयोग गरिएको इलाका प्रहरी कार्यालय भित्रको १ कोठा र स्थानीयले शान्ति सुरक्षाको माग गरेपछि स्थापना गरिएको अस्थायी प्रहरी पोष्‍ट बिजुवाको घरभाडा हालसम्म शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले तिर्ने गरेको छ । 

 व्यक्तिगत स्वार्थका लागि जनप्रतिनिधिहरुले पालिकाको सरकारी सेवामा मनपरी निर्णय गर्दा उनीहरुको कार्यशैलीमा प्रश्न चिन्ह समेत खडा भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८० बुधबार ००:००  १२ : १२ बजे