१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चन्द्रकान्त पोख्रेलले पाए नेविसंघ कपिलवस्तुको जिम्मेवारी



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेलले जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघको कार्यबाहक अध्यक्ष रहेका माधव पौडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो । पौडेल केन्द्रीय सदस्य भएपछि जिल्लामा नेविसंघको अध्यक्ष खाली थियो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पोख्रेललाई अध्यक्षमा मनोनित गरेका छन् । पोख्रेललाई ३ महिनाभित्र जिल्लाको अधिवेशन गर्ने गरी जिम्मेवारी दिइएको केन्द्रिय अध्यक्ष टुजाङ शेर्पाद्धारा जारी पत्रमा उल्लेख छ । केन्द्रले जिल्लाको विवरण माग गरेपछि काँग्रेस कपिलवस्तुले पोख्रेललाई अध्यक्षमा सिफारिश गरेको थियो ।

पोख्रेल सिद्धार्थ क्याम्पसका पूर्व स्ववियु सचिव हुन् । लामो समय देखि विद्यार्थी आन्दोलनमा क्रियाशिल पोख्रेल नेविसंघका पूर्व क्षेत्रिय अध्यक्ष हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ८ : ५५ बजे