२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुद्धभूमि- ९ को वडा कार्यालयमा पानी चुहिएर हैरान



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको एक वडा कार्यालय जिर्ण अवस्थामा पुगेको छ । नगरको वडा नं. ९ को वडा कार्यालय जिर्ण अवस्थामा पुगेको हो । वडा कार्यालय जिर्ण हुँदा कर्मचारी र सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या देखिएको छ ।

बर्खा लागेसँगै वडा कार्यालयमा बस्न सकिने अवस्था छैन् । छतबाट पानी चुहिदा वडामा रहेका कम्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामग्री बचाउन मुस्किल परेको छ भने भवनै भत्किने हो कि भन्ने चिन्ता बढेको छ ।

यो कार्यालय वि.सं. २०१८ सालमा निर्माण भएको हो । साविक बरकुलपुर गाविस रहेको यो कार्यालय संघीयता कार्यान्वयनसँगै वडा कार्यालयमा रुपान्तरण भएको हो ।

वडा कार्यालयले बर्खाको पानी समेत ओत्न नसक्ने अवस्थामा पुगेको वडा सचिव पार्वती पन्थीले बताइन् । बर्खाभर पानी चुहिएर बस्न नसक्ने स्थिति भएको वडा सचिव पन्थीले जनाइन् ।

एकातिर कार्यालय जिर्ण भएर पानी ओत्न नसक्ने अवस्था छ भने अर्कोतिर कार्यालय साँघुरो हुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।

‘वडा कार्यालयका कोठा साँघुरा छन् । बैठकसम्म बस्न मुस्किल छ । सेवाग्राहीको चाप हुँदा चउरामा सेवाग्राही राख्नुपर्ने स्थिति छ’, वडा कार्यालयका एक कर्मचारीले भने ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ३ : ३० बजे