१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय चिकित्सक संघ दाङको अध्यक्षमा डा.रिजाल



दाङ ।

तुलसीपुरमा राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ जिल्ला कार्यसमितिको प्रथम अधिवेशन तथा भेला शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघको आयोजनामा अधिबेशन सम्पन्न भएको थियो।

लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष दोर्ण वहादुर ओलीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनले डा. पुस्पराज रिजालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष डा. सुदेशजंग थापा, सचिव डा. शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने, सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा. सन्दिप न्यौपाने, सदस्यहरुमा डा.रीम खड्का, डा.हेमन्त खड्का, डा.जनक गुरुङ, डा. विकास न्यौपाने, डा. श्रीधर खनाल, डा. वसन्त चौधरी, डा. निराजन गौतम, डा. कमल खड्का, डा.एलिजा कार्की लगायत रहनु भएको छ ।

जसको सल्लाहकार समितिमा संयोजकमा डा.वसन्त रेग्मी, सदस्यहरूमा डा. उमाकान्त तिवारी, डा. हेमराज शर्मा, डा. मदन वि सी, डा. देवराज केसीलाई सर्बसम्मत रूपमा चयन गरीएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले समुदाय स्तरसम्म स्वास्थ्यको पहुँच स्थापना गरी गुणस्तरीय सेवा प्रदान गर्न हरहमेशा तयार रहनुपर्ने सुझाव व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य सुजिता शाक्यले चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले कोभिडको महामारीमा आफ्नो ज्यानलाई जोखीममा पारेर सेवा प्रदान गरेकोमा प्रसंशा गर्नु भएको थियो।

कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला अध्यक्ष हुकुम वहादुर वस्नेत, पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे, नगर प्रमुख टिकाराम खड्का लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण निर्वाचन आयोगका सचिव विमल केसीले गर्नु भएको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ८ : ४० बजे