१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतले बेच्यो दुई महिनामा ४७.९८ मिलियन अमेरिकी डलरको आँप



एजेन्सी ।
भारतले अप्रिल-अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको छ ।

चालु आर्थिक वर्ष २०२३–२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ४ करोड ३३ लाख अमेरिकी डलर भन्दा १९ प्रतिशतले बढी हो । सरकारकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले वृद्धि गरी अमेरिकामा पनि भारतीय आँप निकासी गरेको छ ।

भारतले इरान, मौरिसस, चेक रिपब्लिक, नाइजेरियालगायत ४१ देशमा आफ्नो आँप निर्यात गरेको हो । भारतले हरेक वर्ष जुलाई २२ मा राष्ट्रिय आँप दिवस मनाउँछ । भारतमा करिव १५ सय प्रजातिका आँप उत्पादन गरिन्छ । जसमा १ हजार व्यवसायिक प्रजातिहरु छन् । सिन्ह्वा

प्रकाशित मिति : १२ कार्तिक २०८० आइतबार ००:००  ४ : ०५ बजे