२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

जाडोमा शरीरलाई तातो बनाइराख्न के–के खाने ?



एजेन्सी ।
जाडो बढ्दै गइरहेको छ । जाडोयाममा शरीर न्यानो बनाउन न्यानो लुगासँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जाडो सिजनमा सामान्य केही खानेकुरामा ध्यान दिन सक्यो भने स्वास्थ्यका लागि राम्रो हुन सक्छ । त्यसैले यस्ता खानेकुरा नियमित खाने हो भने जाडोयाममा पनि शरीर न्यायो बनाइराख्न सकिन्छ ।

कालो मरिच

कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ ।

लसुन र मेथी

लसुन एण्टीबायोटिक भएकाले रुघाखोकी निको पार्ने औषधिकै रूपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर खान सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । यस्तै, मेथीको लड्डुले पनि स्वास्थ्यमा फाइदा गर्छ ।

कोदोको सुप

आधा लिटर पानीमा २ चम्चा कोदोको पिठोको सुप बनाएर बिहानको समयमा पिउनाले शरीरलाई न्यानो प्रदान गर्छ । कोदोमा पर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।

मासु तथा सुप

मासुले शरीरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरूले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मांसेपशी बलियो बनाउनुको साथै शरीरलाई ऊर्जा प्रदान गर्छ ।

दूध र अण्डा

दूधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने विभिन्न संक्रमणबाट बचाउँछ । भिटामिनले शरीरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरूको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले सधैँ न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।

हरियो सागसब्जीको दैनिक प्रयोग

मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसाबले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रूपमा लिइन्छ ।

मह

मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र वृद्ध–वृद्धाले दूधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।

अदुवा

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई हिट पनि प्रदान गर्छन् । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ । अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ ।

दालचिनी

दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउँछ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  १० : ५२ बजे