२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

रहेनन् मेयर बालेनका बुवा रामनारायण शाह



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। 

उनलाई आइतबार अस्पताल लगिएको थियो। 

उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ। 

‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,’ अस्पताल स्रोतले भन्यो। 

स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

प्रकाशित मिति : १५ मंसिर २०८२ सोमबार ००:००  १ : ०३ बजे