८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

अन्तर्राष्ट्रिय श्रमिक दिवसः सन्दर्भ



रामशरन रैदास ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस में १ तारिकको दिन विश्वका ८० देश भन्दा बढी देशले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात्  मजदुर दिवस आन्दोलनको उत्सवको रुपमा मनाइने दिवस हो । यो दिवस प्रत्येक बर्ष एक वटा मुल नाराका साथ आफ्ना देशले मनाइ रहेका छन् । मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान मूल नाराका साथ १३५ औं विश्व मजदुर दिवस मनाइ रहेका छन् ।

ईतिहास शिकागोका औद्योगिकहरुले श्रम गरी खाने श्रमिक वर्गलाई दैनिक १५ घण्टासम्म काममा लगाउने र न्यून ज्याला दिई श्रमशोषण गरिरहेको निरङ्कुश शासन अवस्थामा मजदुरहरुले १ में १८८६ का दिन त्यसका विरुद्ध समानता, उचित ज्याला, उचित विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने घोषणा गरेर ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग गरे ।

श्रमिकहरुले शिकागोमा सोही माग राख्दै शान्तिपूर्ण अभियान प्रर्दशनकारीहरुलाई प्रहरीहरुले रोक्ने प्रयास गरेको सन्दर्भमा साधारण रुपमा अन्दोलनकर्मी माथि गोली चलाउदा धेरै जना अभियानकर्मीको हत्या भयो । अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा शिकागोमा भएको हेमार्केट मामलाको स्मृतिमा मनाइने गरिन्छ। ४ में का दिन आक्रोसित अभियानकर्मीद्वारा बम विष्फोट गर्दा ७ जनामा ४ प्रहरी समेतको हत्या भयो र १०० जना भन्दा बढी घाइते भए थिए । त्यस पछि घटनाको मुख्य षड्यन्त्रकारी र अरोपितको रुपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिईयो ।

शिकागोको घटनापछि श्रमिक मजदुरको अवस्था नै फेरियो । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नाराले सार्थकता पाएकोले श्रमिकहरुको हक अधिकारको संरक्षण, विश्व भरीका श्रमिकहको एक शुत्रमा बाधिने विश्वास लिएको, श्रमिकको महत्व र अधिकारको बारेमा सचेतना बढाउन र शिक्षित गर्नका लागि यो दिनलाई एक पर्वको रुपमा विश्व भरी १ में का दिन श्रमिक दिवस मनाइन्छ ।

यो दिवसको मुख्य उद्देश्य मजदुर र श्रमिकहरुले गरेको कामको सम्मान गर्ने वहाँहरु द्वारा गरिएको योगदानको सम्झना गर्नु साथै श्रमिकहरुको हक अधिकारको लागि आवाज उठाउनु, गुणस्तरीय जीवन बिताउन, आफ्ना सुविधाहरुको समयानुकूल बढोत्तरीका लागि रोजगारदाता र सरकारको ध्यानाकर्षण गराउने र वहाँप्रति हुने लैगिंक हिंसा, शोषण विरुद्ध अवाज उठाउने, मजदुर र श्रमिकहरुको सम्मान दिनु हो यसलाई लेबर डे अर्थात श्रमिक दिवस पनि भन्ने गरिन्छ ।

३ बर्ष पछि सन् १८८९ मा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन, फरेन्च सोसालिष्ट पार्टीले १ में लाई (श्रमिकहरु एकिकृत हुने घोषणा गरेको दिन) र अमेरिकामा प्रत्येक मजदुरहरु बाट दैनिक रुपमा ८ घण्टा मात्र कार्य गराउने घोषणाको साथ अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा मनाउने घोषणा गरियो । त्यसै गरी विश्वभरका ८० देश भन्दा बढी १ में लाई अन्तर्राष्ट्रिय मजदुर दिवस, अन्तर्राष्ट्रिय श्रमिक दिवस,  अन्तर्राष्ट्रिय  श्रम दिवस, विश्व मजदुर दिवस इन्टरनेशनल लेवर डे को नाम मनाउदै आइरहेका छन् ।

साथै संसारका धेरै देशहरु यस दिनलाई अधिकारिक रुपमा मजदुर दिवसको रुपमा मनाउदै र सार्वजनिक विदा पनि दिने गर्दछन् । यो दिवसलाई अमेरिका लगायतका केही देशहरुमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ ।  सन् २०१७ ( संसारका मजदुर एक हौ आप्रवासी श्रमिकहरूको अधिकार सुरक्षित गर। भन्ने नाराका साथ विभिन्न राष्ट्रहरुले मनाए । यो दिन मनाउनका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय दुई वटा नाराहरु तय गरी विभिन्न राष्ट्रहरुमा मनाउने गरेको पाइन्छ । नेपालले आज १३५ औं विश्व मजदुर दिवस मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्‍ने मूल नाराका साथ मनाइ रहेको छ ।

हाम्रो देश नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउदै आइएको छ। तर यस दिनलाई वि. सं. २०६४ देखि मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरियो। सरकारी स्तरबाट नै समुदाय सम्म मजदुर दिवसको बारे पुग्न सकेको छैन । दलित महिला र सोही स्तरमा काम गर्ने सामाजिक सघ सस्थाले मात्र आयोजना गरेको देखिन्छ ।  यो कार्यक्रम गाउँ समुदाय स्तरमा सवै पालिका र वडा कार्यालय लगायत सामाजिक संघ संस्थाले मजदुरहरुको सम्मान गर्ने पुरस्कार दिने र वहाँहरुको हक अधिकारको लागि सम्पूर्णमा जानकारी दिने समेत कार्य गर्नु पर्ने हुन्छ ।

नेपाल संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तब्यमा धारा २९. शोषण विरुद्धको हक (१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ । (२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन । (३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन । (४) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन । धारा ३३. रोजगारीको हक (१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ ।

(२) प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ । धारा ३४. श्रमकोहक (१) प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । स्पष्टीकरण यस धाराको प्रयोजनका लागि “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनु पर्छ । (२) प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ ।

(३) प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ । यस्तै धेरै बुदामा मनिसलाई सम्मान ब्यवहार र हिंसा तथा बेरोजगारी बाट माथि उकास्ने ब्यवस्था गरेको देख्न पाइन्छ । नेपाल सरकारले देशमा विकास गर्नका लागि १७ वटा दिगो विकास लक्ष्य मध्ये गरिबी, असमानता र श्रमिक वर्ग संग मेलखाने धेरै लक्ष्यहरु रहेका छन ।

जस्तै लक्ष्य नं. १ मा गरिबीको अन्त्य (सबै प्रकारका गरिबीलाई सबै ठाउ बाट अन्त्य गर्ने) २ शून्य भोकमरी भोकमरीको अन्त्य गर्ने, (खाद्यसुरक्षा तथा उन्नत पोषण हासिल गर्ने र दिगो कृषिको प्रबर्धन गर्ने) ५ लैङ्गिक समानता लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने ८ मर्यादित काम तथा आर्थिक वृद्धि सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गर्ने १० न्यून असमानता देशभित्रै वा देशहरूबीच रहेको असमानतालाई न्यून गर्ने । लक्ष्य लिएको छ ।

भारतमा १ मे १९२३ मा भारतिय मजदुर किसान पार्टीले मद्रास हाल चेन्नई मा पहिलो पटक मे दिवस मनाएको थियो। यो दिन नै भारतमा रातो झण्डाको प्रयोग भएको पहिलो पटक थियो।

स्रोत लेखक कनक बहाद्र शाही, जगन्नाथ मारासिनी, नेपाल सविधान दिगो विकास लक्ष्य, भारती पत्रिकाबाट केही कुराहरु लिएको हो । – ( लेखक दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक हुन् ।)

प्रकाशित मिति : १९ बैशाख २०८१ बुधबार ००:००  १२ : २२ बजे