३ असार २०८१, आइतबार | Sun Jun 16 2024

वाणगंगाको बुद्धरंगशालामा ३ दिने कृषि मेला शुरु




बाबुराम रायमाझी ।
वाणगंगामा आजदेखि ३ दिने कृषि मेला शुरु भएको छ । उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायिकरण गरौं भन्ने मुल नाराका साथ नेपाल बीउ मल परियोजना(सिमिट) को आयोजनामा कृषि मेला शुरु भएको हो । युएस एआइडिको सहयोग एबम वाणगंगा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा बुद्धरंगशालाको ४ नम्बर जितपुरमा ३ दिने कृषि मेलामा ५० वटा स्टल रहेका छन् । कृषि मेलाको लुम्बिनी प्रदेश सांसद तथा पूर्व स्वास्थ मन्त्री विष्णु पन्थीले उद्घाटन गर्दै व्यापार घाटालाई कम गर्न व्यवसायिक कृषिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले १५ देखि २० प्रतिशत किसानलाई व्यवसायमुखि कृषि बनाउन सकेपनि अर्थव्यवस्थामा उल्लेखनीय योगदान पुग्ने बताउदै किसानलाई नयाँ प्रबिधीलाई कृषि कर्ममा लगाएर व्यवसायिकतामा जोडदिन सांसद पन्थीले आग्रह गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले नेपाल कृषि मा प्रचुर सम्भावना भएपनि कुनै बालीमा पनि आत्मनिर्भर बन्न नसक्नु सवैका लागि लाजमर्दो भएको बताउनुभयो । कृषि प्रधान देश भएपनि अझै सम्म आत्मनिर्भर हुन नसकेकोले अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै हामी किसान कृषिमा निर्बाहमुखी खेती प्रणाली त्यागेर व्यावसायिकमुखी हुनुपर्नेमा जोड दिनुभयो । वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सिमिट परियोजनाले वाणगंगा नगरपालिकाको सहकार्यमा कृषि मेलाको आयोजना गरि किसान लक्षित कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समय सापेक्ष अनुसार किसानले आधुनिक प्राविधिबाट खेती गरि व्यवसायिकरण गरी आयआर्जनमा वृद्धि गर्नुपर्ने बताउनुभयो।

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक राम प्रसाद पान्डेले नयाँ प्रविधी र सिपलाई किसानको घरघरमा पुरयाउन कृषि मेलाले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख रिता कुमारी चौधरी, कृषि क्याम्पस पक्लिहवाका क्याम्पस प्रमुख डाक्टर राम भजन मन्डल, कपिलवस्तु उधोग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले कृषि मेला सफलताको शुभकामना दिएका थिए । सिमिटका प्रतिनिधी डा.नारायण प्रसाद खनालले कृषि क्षेत्रमा भित्रिएको नयाँ प्रविधीबारे जानकारी गराउदै प्रचार प्रसार, कृषिको बजारीकरण र उत्पादनमा टेवा पुरयाउन मेला आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रम वाणगंगा नगरपालिकाका प्रशासन प्रमुख केशवराज भट्टराईको सहजीकरणमा भएको थियो । कृषि मेलामा कृषि यान्त्रिकरणका औजारहरु, बीउ मल ,जीवन बिमा, पशु बिमा, कृषिका उत्पादनहरु, हस्तकलाका सामानहरु, डिजिटल एप्स, कृषि सम्बन्धि परामर्श सेवा गरि ५० वटा स्टटलहरु रहेको वाणगंगा कृषि शाखाले बताएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१ बुधबार ००:००  ६ : ४२ बजे