१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा एमाले रुपन्देही आर्थिक पारदर्शीतामा ए ग्रेड



भैरहवा ।

नेकपा एमाले रुपन्देहीको आय ब्यय विवरण पारदर्शीता भएको केन्द्रिय लेखा आयोगले जनाएको छ। 

केन्द्रिय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले एमाले रुपन्देहीको दशौं जिल्ला अधिवेशनको आर्थिक प्रतिवेदन बिश्लेषण गर्दै देशभरीका जिल्ला कमिटीको मुल्यांकन गरि पुरस्कृत गर्ने त्यस मध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन्।

पन्थीले नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा आर्थिक बर्ष ०७९/८० को लेखा परिक्षण प्रतिबेदन लेखा परिक्षण कार्यबिधी २०८०बमोजिम सम्पन्न गरिएको बताए। 

हामीले सबै तल देखि माथी सम्मको हिसाब निर्बाचन आयोगलाई बुझाउंछौं पन्थीले भने,  तल जिल्ला कमिटी सम्मको हिसाब बुझाउंछौं तर अरु पार्टीले बुझाउंदैनन। लेखा ब्यबस्थापनमा जे भएको छ एमालेको जस्तो पारदर्शीता अन्यमा छैन।

एमालेको अनिबार्य लेखा हिसाब हुने गरेको बताउंदै पारदर्शिताका लागि नेकपा एमालेले लेखा परिक्षण गर्ने गरेको पन्थीले बताए। 

पार्टीको हिसाब किताब र स्कुलिङ पनि नेकपा एमालेमा राम्रो हुनेगरेको उपाध्यक्ष पन्थीले बताए। जिल्ला कमिटीले स्वंय लेखा हुन्छ भने अन्तिममा केन्द्रिय लेखा आयोगले गर्ने पन्थीले बताए। 

नेकपा एमाले रुपन्देहीको केन्द्रिय लेखा आयोगका सचिब शिव हरि अधिकारी, सदस्य बद्री भट्टराई, र सदस्य मोहनराज रेग्मीले लेखा परिक्षण गरेका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८१ शुक्रबार ००:००  १२ : ५१ बजे