२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल नियुक्त



दाङ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा जमूना ढकाललाई नियुक्त गरिएको छ।

प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए।

चौधरीले बुधबार रूपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रकाशित मिति : २३ आश्विन २०८१ बुधबार ००:००  २ : ४५ बजे