२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

बुद्धभूमिमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस, सबै श्रमिक एकजुट हुनुपर्नेमा जोड



मायादेवी अनलाइन, बुद्धभूमि ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ । श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाइन्छ दिवसको अवसरमा जिल्लाका विभिन्न पालिकाले श्रमिकसंग सम्बन्धीत विभिन्न कार्यक्रम गरेका छन् । यसैबीच बुद्धभूमि नगरपालिकामा पनि ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराका साथ श्रमिक दिवस मनाइएको छ ।

कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रबिन चौधरीले नगरपालिकाको कार्यपत्र प्रस्तुत गरेका थिए ।
चौधरीले अन्तराष्ट्रिय श्रमिक दिवसको इतिहास र नेपालमा श्रमिकको अवस्था, चुनौती र यसका कानुनी ब्यवस्था लगाएको विवतरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर केशव कुमार श्रेष्ठले सबै श्रमिक एकजुट हुनुपर्नेमा जोड दिए । श्रमजीवीको सम्मान र उनिहरुलाई उचित ज्यालाको ब्यवस्था गर्नुपर्ने बताए । समान काम भएपनि महिला र पुरुषबीचको श्रमज्यालामा गरिने विभेद रहेको भन्दै यस्को अन्त्य गर्नुपर्नेमा जोड दिए । समाजमा धेरै थरीका श्रमिकरहेको भन्दै कलम चलाउने, बौद्धिक तथा मजदुर श्रमिक सबैको भूमिका महत्वपूर्ण हुने बताए । मानिस गन्तव्यमा पुग्न मेहेनत, लगनशील र जिम्मेवार हुनुपर्ने भन्दै मेहेनत बिनाको मानिसको कूनै तुक नरहेको बताए ।
यस्तै यस्तै उपप्रमुख मिरा थारुले श्रमिकका कारणनै देश बिकास हुने बताइन् । मजदुरहरूले बिकास निर्माणका काम गरेकालेनै बिकासका काम अगाडि बढेको भन्दैै राज्यले पनि श्रमिकलाई उचित ज्याला दिनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले श्रमिक दिवस आन्दोलन पछि पाएको अधिकार भएको भन्दै श्रमिकलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । ग्रामिण लेवलका श्रमिकले उत्पादन गरेको उत्पादन बाट नै देश चलेको भन्दै सबै श्रमिक एकजुट हुनुपर्ने र श्रमको सम्मान राज्यले पनि गर्नुपर्नेमा जोड दिए ।

साथै नागरिक स्वयमले अधिकार मात्र नखोजी कर्म पनि गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्या स्थानीय लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सहायक रोजगार संयोजक सङ्गिता जिसिले गरेकी थिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२ बिहिबार ००:००  ११ : २५ बजे