१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

अटो दुर्घटना हुँदा तीन जना घाइते



तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततले नजिक गोठीखोलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

बिहिबार साँझ ५ बजेतिर अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय सुवास परियार, २५ वर्षीय डिल्ली विष्ट र बबई गाउँपालिका–२ का १९ वर्षीय भीमसेन परियार घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । साततलेबाट तुलसीपुरतर्फ आइरहेको लु।प्र।०२–००१ ह ८८८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको हो।

अटो चालक दंगीशरण गाउँपालिका–२ का २३ वर्षीय पूर्ण केसी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२ बिहिबार ००:००  ७ : ५८ बजे