२ असार २०८२, सोमबार | Mon Jun 16 2025

जिप दुर्घटनामा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते



विराटनगर ।
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका अधिकृत हुन् ।

दुर्घटनामा दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठसहित ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२ बिहिबार ००:००  ८ : ०७ बजे