१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

रोल्पामा असिना पानीले तरकारी बालीमा क्षति



होलेरी ।

बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीमा क्षति पुर्‍याएको छ । त्रिवेणी गाउँपालिकाको गैरीगाउँ, रिची, गोठबाङ, तिला खर्कलगायतका दर्जनभन्दा बढी गाउँमा लगाइएको तरकारी बालीमा क्षति पुर्‍याएको अगुवा कृषक अमर केसीले बताउनुभएको छ । टमाटर, सिमी लगायतका तरकारी बाली त फल्न पनि सुरु गरेका थिए । फल्न सुरु गरेको तरकारी बालीमा क्षति हुँदा किसान भने चिन्तित बनेका छन् ।

असिना पानीले टमाटर, बन्दा, सिमी, काउली काँक्रा तरकारीमा क्षति पुर्‍याएको छ भने तरकारीका साना बेर्ना पूर्णरूपमा क्षति गरेको केसीले जानकारी दिनुभएको छ । फल्न सुरु गरेको तरकारी बालीमा असिना पानीले क्षति पुर्‍याएपछि किसानहरूले सरकारसँग राहतको अपेक्षा समेत गरेको बताएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका तरकारी खेतीका प्रख्यात ठाउँ हो ।

प्रकाशित मिति : १९ बैशाख २०८२ शुक्रबार ००:००  २ : २७ बजे