२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

यी प्रदेशमा आज वर्षा



काठमाडौं ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२ सोमबार ००:००  ६ : ३६ बजे