मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । शिवराज नगरपालिका ६ निवासी ६१ वर्षिय सुकई पासीलाई प्रहरीले बैशाख २० गते नियन्त्रणमा लिएको हो । पासीलाई २०५९ असारमा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । आदेश लगत्तै फरार रहेका पासीलाई प्रहरीले कपिलवस्तु नगरपालिका ६ बाट पक्राउ गरेको हो । उनलाई २१ गते कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
प्रतिक्रिया