१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

सिरहामा भारी वर्षा, कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द



सिरहा ।
सोमबार रातिदेखि परेको वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ ।

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो । त्यो सञ्चालन नहुँदै भाँसिएको थियो । बाँसको पुल भएपनि मोटरसाइकल र पैदलयात्रीलाई सामान्य सहज भइरहेको थियो ।

पुल निर्माणका लागि आफूहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको सिरहा नगरपालिका(६ वडा अध्यक्ष ईन्द्रजित यादवले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२ मंगलबार ००:००  ३ : ५८ बजे