कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथीले दुई कम्पनी बीचको सामान लेनदेन भुक्तानी विवादमा आफ्नो नाम मुछिएको प्रति आफ्नो गंभिर ध्यानाकृष्ट भएको बताउनु भएको छ । यी सबै घटनाका बारेमा आफुलाई संचार माध्यमबाट मात्र एकाएक जानकारी प्राप्त भएको स्पष्ट पार्नु भयो । प्रदेश सभा सदस्य पंथीले यस विषयमा आफुले कानूनी प्रतिवाद गर्ने बताउनु भयो । लुम्बिनी प्रदेश सभा सदस्य पंथीले सुनियोजित रुपमा बदनियत गर्ने उद्देश्यले दुई कम्पनी बीचको लेनदेन विवादमा आफुलाई प्रतिशोधपूर्ण ढंगले मुछेको बताउनु भयो । प्रदेश सभा सदस्य पंथीले संञ्चार माध्यमबाट समाचार सम्प्रेषण गर्दा विषयवस्तु राम्रोसंग बुझेर सम्प्रेषण गर्न समेत आग्रह गर्नुभयो ।
सांसद पंथीले किन प्रतिवादी बनाइएको हो, आफुले बुझ्न नसकेको बताउनु भयो । पंथीले गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.मा ५० जना बढी शेयर सदस्य रहेका छन्, सवैको नाम छलेर आफ्नो नाम राख्ने कुरा प्रतिशोधपूर्ण नै छ । मुद्धाका बारेमा कुनै प्रक्रियाका विषयमा आफुलाई जानकारी नै नभएको स्पष्ट पार्नुभयो । पंथीले पल्लवी ईलेक्ट्रा प्रा.लि. विराटनगर र गौतमबुद्ध हाइड्रो पावर प्रा.लि. काठमाण्डौ बीच ट्रान्सफर्मर खरिदको लेनदेन विवाद कम्पनी कम्पनी बीचको भएको दावी गर्नु भयो ।
८ वर्षअघि बन्द भएको हाइड्रोपावर कम्पनीमा ५० जनाको सामूहिक लगानी रहेकोमा प्रबन्धक निर्देशक देवराज खनाल र शेयर सदस्य रहेका सांसद पन्थीविरुद्ध मुद्दा परेको अदालतको आदेशमा उल्लेख छ ।
३० बैशाख २०८२ मंगलबार ००:००
538
Shares
प्रतिक्रिया