२ असार २०८२, सोमबार | Mon Jun 16 2025

मुलुकको समृद्धिका लागि पर्यटन प्रमुख स्रोतः पूर्व मन्त्री आचार्य



दिपा महत, तिलौराकोट ।

मुलुकको समृद्धिका लागि पर्यटन प्रमुख श्रोत भएको पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । मंगलबार तिलौराकोटमा भएको २५६९ औँ बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रममा बोल्दै आचार्यले पर्यटनको विकास भएमा मात्र देश समृद्ध बन्ने बताए । प्रतिनिधी सांसद समेत रहेको आचार्यले राजा शुद्धोधनले ३० वर्ष राज्य गरेको ऐतिहासिक तिलौराकोटमा राज दरबारका विभिन्न ऐतिहासिक अवसेष रहेपनि यसको संरक्षण र सम्बद्र्धन नहुदा ऐतिहासिक महत्व बोकेको तिलौराकोट ओझेलमा परेको बताए ।
अहिले सगरमाथा संवाद जस्ता कार्यक्रमहरु चलेको भन्दै तिलौराकोटको प्रचारप्रसार संगै यसका विकासका लागि कपिलवस्तु संवाद भनेर संचालन गर्नुपर्नेमा जोड लिए । आचार्यले भने, ‘लुम्बिनी प्रदेशभरका मन्त्री साथै सांसद लगाएतको सहभागितामा सरोकारवालालाई राखेर तिलौराकोटको महत्व यसको प्रचारप्रसार गर्नेगरी कपिलवस्तु संवाद कार्यक्रम गरौ यसबाट लुम्बिनीका मन्त्री सांसद लगाएत जनप्रतिनिधीले तिलौराकोटको महत्व बारे जानकारी पाउने छन र यसको प्रचारप्रसारमा टेवा पुग्ने छ । ’
विश्वले मानेको तिलौराकोटको उचित प्रचारप्रसार तथा संरक्षणमा सरोकारवालाको चासो नभएको भन्दै चिन्ता ब्यक्त गरे । तिलौराकोटको समुचित विकास गरेमा आन्तरिक मात्र नभएर धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन सकिने जिकिर गरे ।
तिलौराकोट विश्वसम्पदा सुचिमा सुचिकृत भएपछि विकास सुरुहुने भन्दै यसलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहलगर्नुपर्ने बताए ।
जिल्लाका सरोकारवाला सबै एकजुट भएर तिलौराकोटको प्रचारप्रसारमा लाग्नुपर्ने उनको भनाई छ ।
पूर्व मन्त्री आचार्यले भारतले नक्कली तिलौराकोट बनाएर त्यसको प्रचारप्रसार गरेको भन्दै हामीले भने सक्कली तिलौराकोटको पनि विकास तथा प्रचारप्रसार गर्न नसकेको बताए ।
नेपाल भौगोलिक रुपले धेरै सुन्दर भएपनि यसको ब्यवस्थापन हुन नसकेको भन्दै तिलौराकोटको उचित प्रचारप्रसार संगै यँहा पर्यटकका लागि होटल, सडक लगाएत भौतिक पूर्वधारको विकास गर्न सकेमा धेरैभन्दा धेरै पर्यटकहरु तिलौराकोटमा आउने दाबी गरे ।
यसका साथै अतिक्रमित जमिनको किसानले किस्ता नपाएको, निर्माण कार्यमा लगाइएको रोक, जग्गाको उपलब्धता लगाएतले समस्या भएको बताए । विभिन्ने देशले तिलौराकोटमा अस्पताल, गुम्बा, बिहार तथा मेडिटेसन सेन्टर बनाउने बताएपनि जग्गाको ब्यवस्था नहुँदा समस्या भएको भन्दै अब मुआब्जाको ब्यवस्था गरी बस्ती स्थानान्तरण भएमा वस्ती संगै समग्र तिलौराकोटको विकास हुने उनको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२ मंगलबार ००:००  २ : ५० बजे