मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुमा कारको ठक्करबाट ‘मर्निङ वाक’ निस्कीएका २ जना पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५ः४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षिय शान्ता खत्री र ६५ वर्षिय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।
कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया