कपिलवस्तु ।
कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।
शुक्रबार हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उनको रुखले च्यापिएर शुक्रबार दिउसो मृत्यु भएको हो प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले बताए ।
प्रहरीका अनुसार घाइते केवटलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया