२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

रुखले च्यापेर सुनवलमा  दुई जनाको मृत्यु, तीन गम्भीर



पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।

घटनामा सुनवल–७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उहाँहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतिक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतिक्षालय भत्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२ शनिबार ००:००  ९ : ०५ बजे