१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शनिबार पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले ब्यटिङ गर्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सांसद आचार्यले बुद्यपद्म मावि खेल मैदान जिल्लाको पुरानो खेल मैदान भएपनि यसको स्तरोन्ती हुन नसकेको भन्दै खेल मैदान निर्माणका आफ्नो पहलमा १ करोड रुपैयाँ बिनियोजन भई कार्य प्रारम्भ भईसकेको बताए ।

साथै आगामी आर्थिक वर्षमा ३ करोड बिनियोजनका लागि प्रस्ताव गरेको जानकारी दिए । खेल मैदानको अभावमा यहाँका दुरदराजका खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको भन्दै उचित खेल मैदान भएमा खेलाडीले आफ्नो प्रतिभा देखाउन सक्ने बताए । यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत मिल्ने भन्दै खेलाडीको माध्यमबाट कपिलवस्तु लाई चिनाउने बताए ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा रहेकाले अनुशासित भएर खेल खेल्न आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सधाकर पाण्डयेले जिल्लामा खेल खेल्नको लागि एउटा पनि खेल मैदान नभएको अवस्थामा यस मैदानका लागि केन्द्र बाट एक करोड बजेटको ब्यवस्थापन गरिदिएकोमा सुरेन्द्रराज आचार्यलाई धन्यवाद दिए । आफुले पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले यस्ता प्रतियोगिताले नया प्रतिभाको प्रस्फुटन संगै समग्र ब्यक्तीको ब्यक्तीत्त्व बिकास, गतिशिलता लगनशिलता प्राप्त हुने बताए ।

यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मद्धत मिल्ने बताए । वडा, नगर, प्रदेश हुँदै आगामी दिनमा राष्ट्रको लागि खेल्नुपर्ने बताए । पछिल्लो समय क्रिकेट प्रति नेपालमा ठूलो क्रेज देखिएको भन्दै यसको पुष्टि एनपीएलमा देखिएको दर्शकको उपस्थितीले गरेको बताए ।

पहिले क्रिकेटलाई सामान्य रुपमा लिएपनि अब भने ब्यवसायिक रुपमा लिन लागिएको भन्दै अब क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउनुपर्ने बताए । जेठ ८ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ ओटा टीम नकआउट खेल्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार ६० हजारसहित शिल्ड र मेडल रहेको छ भने द्धितिय पुरस्कार ३० हजारसहित शिल्ड र मेडल प्रमाणपत्र रहेको छ । यसैगरी म्यान अफ द सिरिजले नगद ५ हजार प्राप्त गर्ने छ भने बेस्ट बलर र बेस्ट ब्याट्स्मेनले ३,३ हजार प्राप्त गर्ने छन् ।

कार्यक्रममा वडा नम्गर ३ का वडा अध्यक्ष प्रकाश गैरेले स्वागत मन्तब्य राखेका थिए भने संचालन शिक्षा शाखा प्रमुख युवराज भुसालले गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२ शनिबार ००:००  ७ : २२ बजे