२ असार २०८२, सोमबार | Mon Jun 16 2025

कपिलवस्तुमा बैशाखमा मात्रै २० आगलागीः ५७ लाख बढीको क्षति



दिपा महत, तौलिहवा ।

कपिलवस्तुमा एक महिनामा २० वटा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बैशाख महिनामा मात्र १४ घर र ६ गोठमा आगलागी हुँदा ५७ लाख १५ हजार ५ सय रुपैयाको भौतिक क्षति भएको प्रहरी नायव उपरिक्षक मोहन मणि अधिकारीले जानकारी दिए । आगलागीमा परी ३ वटा पशुचौपाया मरेको अधिकारीले बताए । कपिलवस्तुमा गहुखेतमा भएको आगलागीका कारणपनि लाखौँको गहु नष्ट भएको थियो ।
यता आगलागीबाट क्षति हुनेहरूलाई सरकारले तत्काल राहत दिए पनि दीर्घकालीन संरक्षण गर्न नसक्दा ठुलो समस्या हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सबैभन्दा पहिला आगलागी हुनै नदिन व्यक्ति स्वयम सचेत रहन आग्रह गरेको छ ।
प्रहरीको तथ्यांक अनुसार बैशाख महिनामा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२ शनिबार ००:००  ८ : ५३ बजे