२ असार २०८२, सोमबार | Mon Jun 16 2025

कपिलवस्तुबाट १८७ हजयात्रीको बिदाई



कपिलवस्तु ।

मुस्लिमहरुको तीर्थस्थल साउदी अरेबियास्थित मक्का मदिना जानका लागि कपिलवस्तुबाट हजयात्री प्रस्थान गरेका छन् । जिल्लाका १० स्थानीय तहबाट १ सय ८७ हजयात्री हज यात्राका लागि आइतबार काठमाडौं प्रस्थान गरेका हुन । गतवर्ष जिल्लाबाट १

९१ हजयात्रामा गएका थिए । सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका हुन् ।

हजयात्रीलाई बिदाई गर्न उनीहरुको आफन्त तथा गाउँलेहरु भेला भएका थिए । हजयात्रीलाई सांसद सुरेन्द्रराज आचार्य, पूर्वसांसद बृजेशकुमार गुप्ता, कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर अजय थापाले छुट्टाछुट्टै स्थानबाट बिदाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२ आइतबार ००:००  ९ : ०७ बजे