काठमाडौं ।
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र नगद २३ हजार २ सय रूपैयाँ सहित काठमाडौं बल्खु डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लिम्बु समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले लिम्बुको डेरा कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कपिलवस्तु, शिवराज नगरपालिका(५ चन्द्रौटा चोकबाट नियन्त्रित लागुऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका(१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका(५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २२ वर्षीय लाल सिंह कार्कीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ सत्यनारायण चोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय धिरन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी विट लाटिकोइलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ३२ वर्षीय जित प्रसाद सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका- १५ एक नम्बर ढाँटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्राम सहित महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र नियन्त्रित लागुऔषध स्पासपेन १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २५ वर्षीय अभिषेक लिम्बु र सोही नगरपालिका-७ जिरोप्वाईन्ट बस्ने १९ वर्षीय सागर सहनी रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका(५ हरिपुर टोल बस्ने ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घर अगाडि हिडिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका(२ बालुवाटारबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम र नगद ४३ हजार ८० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका(३ पुलचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम ६ एम्पुल, नुर्फिन ७ एम्पुल, फेनारगन ५ एम्पुल, एनारगन ३ एम्पुल, ट्रामाडोल २ ट्याब्लेट र नगद १ लाख ९ हजार रूपैयाँ सहित सोही महानगरपालिका(१६ मंगलपुर बस्ने ३० वर्षीय सुनिल सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कास्की, माछापुच्छ्रे गाउँपालिका- ८ घट्टेखोलाबाट नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल सहित सोही गाउँपालिका- ८ धम्पुस बस्ने ४२ वर्षीय युवराज गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका १२ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कबिर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रतिक्रिया