बर्दिया ।
बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा हिजो दिउँसोको हावाहुरीले क्षति पुर्याएको छ। हावाहुरीले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाइते भएका छन् ।
नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि रहेको सालको रुख ढल्दा घर पूर्णरुपमा क्षति भएको छ भने उहाँका छोराहरु ५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु घाइते भएका स्थानीय बडघर पाँचुराम थारुले जानकारी दिनुभयो ।
घाइते अमितको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ भने आदित्यलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले बताउनुभयो ।







प्रतिक्रिया