१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बुद्धभूमिमा खाल्डामा डुबेर एक बालकको मृत्यु



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुमा खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ५ नौडिहवाका साढे ३ बर्षिय अस्लाम कलामको इटा भट्टामा रहेको एउटा खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । घटना आइतबारको हो , सदाको जस्तै स्थानीय साफिया खातुन बाख्रा चराउन गएकी थिइन् । उनको पछिपछि उनका साढे ३ वर्षिय छोरा अस्लम कलाम पनि गएका थिए । तर त्यो कुरा आमा साफियालाई भने थाहा थिएन् ।

घटनारे पुष्टी गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले भने, ‘आमाको पछि बच्चा पनि गएको रहेछ आमालाई त्यो थाहा नभएको देखियो, घटना स्थल हेर्दा बालक खाल्टो वरिपरि खेलेको जस्तो छ, खेल्नेक्रममै खाल्डामा डुबेर दुखद घटना घट्न पुग्यो, त्यो समयमा वरिपरि कोही भएको भए सायद उद्धार हुने थियो होला थापाले भने ।’

छोरो अबेरसम्म पनि घरमा नआउदा परिवारले उनको खोजी कार्य थालेको थियो । उनको बुबा काममा गएका थिए, छोरा हराएको थाहा पाउन साथ घरमा आएर खोजी कार्य थाले पछि करिब साढे ११ बजे भट्टामा रहेको खाल्डाबाट बाबुलेनै निकालेका थिए । तर बिडम्बना उनको घर ल्याउनेक्रममानै निधन भएको हो ।
घटनाबारे दुख ब्यक्त गर्दै वडा अध्यक्ष थापाले भने गाँउमा घटेको अप्रिय घटनाले दुखी छु । बर्खाको समयमा खाल्डा तथा तालमा डुबेर अप्रिय घटना घट्ने हुँदा सर्तकता अपनाउन उनले आग्रह गरेका छन् । आफ्ना बालबालिकालाई आफ्नो निगरानीमा राख्न सबैमा अपिल गरेका छन् । साथै बिद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पठाउनपनि अनुरोध गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२ आइतबार ००:००  ७ : ०९ बजे