२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

देशका यी भागमा आज वर्षाको सम्भावना



काठमाडौं ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२ सोमबार ००:००  ६ : ५९ बजे