१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

कपिलवस्तुमा ग्यास सिलिन्डरबाट आगलागी हुँदा दाजु-बहिनीको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको सुद्धोधन गाउँपालिका-५, जयनगरमा ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु भएको छ। आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए।

घरनजिकै गोठमा ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन्। उनको मृत्युपछि विद्यालयले सोमबार शोक बिदा गरेको प्रअ लालचन्द पाण्डेयले बताए। दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२ सोमबार ००:००  १० : २३ बजे