३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त



बुटवल ।
लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् ।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२ बुधबार ००:००  ३ : २३ बजे